१९.८६ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
१७ भदौ, काठमाडौं । साताको तेस्रो काराेबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १९.८६ अंकले घटेर २७४१.९७ को बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड ८२ ललाख ५१ हजार रुपैयाँको कारोबार भएको हो ।
यस दिन हिमस्टार उर्जाको सेयरमा सकारात्मक सर्किट लाएको छ । कम्पनीको सेयरमूल्य यस दिन ९.९८ प्रतिशतले बढेको छ । आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २२ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ७.४७ प्रतिशत घटेको छ।
प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १५:२४














