२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

१७ भदौ, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । बेंकको केन्द्रीय कार्यालय (रजिष्टर्ड कार्यालय) झापा जिल्लाको बिर्तामोड नगरपालिका–४ मुक्तिचोकमा रहँदै आएकोमा विर्तामोड नगरपालिका–३ स्थित ठग बहादुर खड्काको नाममा रहेको भवनमा(किङ्ग्सवरी होटल नजिक) स्थानान्तरण भएको हो ।

केन्द्रीय कार्यालय स्थानान्तरणका लागि नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बेंकलाई भदौ ११ गते स्वीकृती दिएको थियो । उक्त कार्यालय भदौ १६ गतेदेखि स्थानान्तरण भएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १२:२२