प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच ‘वान टु वान’
१६ भदौ, चीन । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज वान टु वान भेटवार्ता भएको छ । उहाँहरूबीच करिब २७ मिनेट ‘वान टु वान’ वार्ता भएको बुझिएको छ ।
उहाँहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ । उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ । पुटिनसँगको ‘वान टु वान’ भेटलालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार २२:२४








