२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

सामाखुसीबाट नक्कली कागजात बनाएको आरोपमा तीन जना पक्राउ

१६ भदौ, काठमाडौं । काठमाडौंको सामाखुसीबाट नक्कली कागजात बनाएको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाका ४५ वर्षीय अचल लामिछाने, सुर्खेतका सन्देश गौतम र काभ्रेका सबिन आले रहेका छन् ।

उनीलाई नक्कली कागजातसहित आइतबार दिउँसो सामाखुसीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

अचल लामिछानेले इजी सप सञ्चालन गरेका थिए। त्यस पसलमा उनीहरूले एसइई, प्रहरी रिपोर्ट, विभिन्न होटलमा काम गरेका अनुभव लेटर लगायतका नक्कली कागजात बनाएको पाइएको एसपी बोहराले बताउनुभयो ।

सरकारी कागजात किर्ते गरी बेचबिखन गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले कम्प्युटर तथा कागजात बरामद गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका तीन जनामाथि पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 18:01