एनआरएन इन्फ्रास्ट्रक्चरको निमित्त सीईओमा प्रताप अधिकारी नियुक्त
१६ भदौ, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप अधिकारी नियुक्त हुनुभएको छ । भदौ १५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अधिकारी हाल कम्पनी सचिवमा रुपमा कार्यरत हुनुहुन्छ । यस्तै सोही बैठकले कम्पनीका सीईओ हेमन्त बस्यालको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । बस्यालले भदौ १३ गते राजीनामा दिनुभएको थियो ।
प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १६:१२












