विद्या भण्डारीको पार्टी सदस्यता रोक्न मिल्दैन : सुरेन्द्र पाण्डे
१५ भदौ, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधानले कसैलाई पनि पार्टी सदस्य बन्न निषेध नगरेकाले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता लिन रोक्न नसकिने बताउनुभएको छ।
‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा सोमबार काठमाडौँमा बोल्दै पाण्डेले संविधानले निर्वाचित, मनोनित र नियुक्तिप्राप्त पद बाहेक अन्य अवस्थामा सदस्यता स्वतः जाने व्यवस्था नगरेको स्पष्ट पार्नुभयो।

“संविधानले नगरेको कुरा कुनै दलले विधान बनाएर रोक्न मिल्दैन,” पाण्डेको भनाइ छ। उहाँले सदस्यता लिएपछि अध्यक्ष भइहाल्ने भन्ने धारणा गलत भएको भन्दै यसबारे छलफल महाधिवेशनमा गर्ने जानकारी दिनुभयो।
प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १६:०५












