सेयर बजारमा सुधार आउँदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
१६ भदौ,काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १२.९१ अंकले बढेर २७६२.७४ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार हिमस्टार उर्जाको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य यस दिन ६.०७ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन स्टान्डर्ड चार्टड बैंकको सेयरमूल्य ४.०८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १५:१४














