२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

माबिलुङ्ग इनर्जीको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल

१६ भदाै, काठमाडाैं। माबिलुङ्ग इनर्जी लिमिटेडले सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयानुसार लक्ष्मी सनराइज क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार ११:१२