२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

मन सफाइ र सरसफाइले सभ्य समाज निर्माण हुन्छः अध्यक्ष दाहाल


१० चैत, काठमाण्डौं । काठमाण्डौंको ग्रिन सिटी अस्पतालको आयोजनामा भएकाे चक्रपथ सरसफाइ अभियानको ५० औँ हप्ताको विशेष समारोहमा नेकपा माओवादी केन्द्र का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनको सफाइ र सरसफाइले सभ्य समाजको निर्माण हुने बताएका छन् ।

अध्यक्ष प्रचण्डले मुलुक देश निर्माणको महाअभियानमा जुटिरहेको बेला उक्त कार्यमा हातेमालो गर्न सबैलाई आग्रहसमेत गरेका छन् । सोच र विचारमा सफाइ भए मात्र देश विकास हुने उनकोे भनाइ थियो ।

धुलोरहित वातावरण निर्माण गर्ने अभियानलाई लागू गर्न मन्त्रालय तत्काल लाग्ने उनको भनाइ थियो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायतले सफा गर्नुपर्छ भन्ने व्यक्तिमा चेतना नआएसम्म सफा शहर निर्माण हुन नसक्ने विचार व्यक्त गरे ।

विसं २०७४ वैशाख २ गतेबाट सञ्चालन भएको अभियानले हालसम्म ७५० भन्दा बढी मेट्रिक टन फोहर हटाइसकेको र अभियानमा २५ हजारको जनसहभागिता भइसकेको अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार १३:३०