शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त
१६ भदौ, काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त हुनुभएको छ । भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्कीलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
कार्कीलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार ११:०५












