२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड

१६ भदौ, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म जारी गरेको हकप्रद भदौ १५ गते बाँडफाँड गरेको हो ।

कम्पनीले गत जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ बराबरको १०ः३.४७८ अनुपातमा रु.१०० अंकित दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने १९ हजार ८०५ जना सेयरधनीलाई ६३ लाख ७९ हजार ९२५ कित्ता हकप्रद बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ । ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १०:३८