२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

विकास हाईड्रोपावरले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

१६ भदौ, काठमाडौं । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १० गते काठमाडौंको नयाँबजारमा रहेको सासा ब्याङक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने, सञ्चालक समितिले गरेका कार्य तथा निर्णयहरु अनुमोदन गर्ने र संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन पारित गरिनेछ ।

सभामा कम्पनीको नियमावलीमा भएको व्यवस्थाबमोजिम सर्वसाधारण समूहतर्फको ३ जना सञ्चालकको निर्वाचन गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि भदौ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार ०९:२८