२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

चीनमा ओली र मोदीको हस्तमिलान, मोदीले खुशी प्रकट गरे

१५ भदौ, काठमाडौँ । चीन भ्रमणमा रहनुभएको प्रधानन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्रदामोदरदास मोदीको भेट भएको छ । रात्री भोजको क्रममा उहाँहरूको बीचमा हात मिलेको हो । हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेर नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष रहेको बताउनुभएको छ ।

मोदीले लेख्नुभएको छ, ‘तियानजिनमा नेपालका प्रधानमन्त्री श्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ।’

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १८:३६