सामसुङ ग्यालेक्सी ए १७ ५ जी नेपालमा सार्वजनिक, प्रिमियम सुविधासहित किफायती मूल्य
१५ भदाै, काठमाडाैं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए-सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ। यसको मूल्य रु। ३४,९९९ (८/२५६जीबी), रु ३०,९९९ (८/१२८जीबी) र रु २८,९९९ (६/१२८जीबी) तोकिएको छ।
ग्यालेक्सी ए १७ ५ जी मा ६.७-इन्च सुपर अमोल्ड डिस्प्ले ९० एचजेड रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन, र लाइनर ग्रुप गरिएको क्यामेरा सेटअप छ। यसमा ५०एमपी ओआइएस मुख्य क्यामेरा, ५ एमपी अल्ट्रा(वाईड, र २एमपी म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।
यसमा जेमिनाइ इंटिग्रेशन, जेमिनाइ लाइभ, र सर्कल टु सर्च जस्ता एआई टुलहरू प्रयोग गर्न सकिन्छ, जसले दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउँछ।

सामसुङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितले भन्नुहुन्छ स् “ग्यालेक्सी ए १७ ५ जी मार्फत हामीले नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौं। प्रिमियम डिभाइसमा मात्र सीमित नवप्रवर्तनलाई सबैले पाउन सकून् भन्ने हाम्रो विश्वास हो। ए १७ ले एआई-सञ्चालित प्रविधिलाई हरेक दिनको जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ।”
यसमा गोरिल्ला ग्लास भिक्टस र आईपी ५४ डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स जस्ता मजबुत सुरक्षा फिचरहरू छन्। साथै, छ वर्षको सुरक्षा अपडेट र छ ओएस अपग्रेड को साथमा दीर्घकालीन मूल्य सुनिश्चित गरिएको छ।
ग्यालेक्सी ए १७ ५ जी मार्फत सामसुङले नेपालमा आफ्नो मिड(रेन्ज पोर्टफोलियोलाई अझ मजबुत बनाउँदै, उपभोक्तालाई एआई इनोभेशन, स्टाइल, परफर्मेन्स, टिकाउपन, र पहुँचयोग्यताको उत्कृष्ट संयोजन उपलब्ध गराएको छ।
प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १२:४४












