पिपुल्स पावरको करिब ४ लाख कित्ता अवितरित हकप्रद सेयर लिलामीमा
१५ भदौ, काठमाडौं। पिपुल्स पावर लिमिटेडले करिब ४ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १ः०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले भदौ २२ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, र प्रभु बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, हेटौँडा,पोखरा, बुटवल सुर्खेत र धनगढी शाखा कार्यालयहरुबाट आवेदन पेश गर्न सक्नेछन् ।
प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार ०९:४९














