चीनमा ओली र मोदीको भेटवार्ता नहुने
१५ भदौ, काठमाडौँ । चीनको पाँच दिने भ्रमणमा रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने कुनै सूची नरहेको बुझिएको छ । प्रधानमन्त्रीको सचिवालयले मोदीसँग भेटको कुनै कार्यसूची नरहेको बताएको छ ।
यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार नेपाली प्रतिनिधिमण्डलसहित ओलीले भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको समाचार संयोजक प्रकाश सिलवालले मोदीसँग भेटवार्ताको कार्यतालिका नरहेको जानकारी दिनुभएको छ ।
सिलवालले भन्नुभएको छ, ‘भारत भ्रमण तय भइसकेको अवस्थामा भारतका प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्रीको भेटवार्ताको कार्यक्रम चीनमा छैन् ।’ सांघाइ कोअपरेसन अर्गनाइजेसनको २५औं शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली शनिबार चीन पुग्नुभएको छ ।
प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार ०८:००












