कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको सार्वभौम भूमि रहेको सात तथ्य
१५ भदौ, काठमाडौँ । प्रा डा युवराज संग्रौलालले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको सार्वभौम भूमि रहेको सात तथ्य प्रस्तुत गर्नुभएको छ । नेपाल सरकारको पूर्व महान्यायाधीवक्ता समेत रहनुभएको उहाँले शनिबार राति सामाजिक सञ्जाल मार्फत सात तथ्य प्रस्तुत गर्नुभएको छ । उहाँले नेपालले आफ्ना ऐतिहासिक प्रमाणहरुको ब्याखा गर्दै बृहद प्रतिवेदन तयार पार्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले फेसबुकमा राख्नुभएको सात तथ्य यस्तो छ
कालापानी, लिपुलेक, लिम्पियाधुरा विवादास्पद भुमी होइनन । यी नेपालको सार्वभौम भुमी हुन । भारतले उस्का अभिव्यक्तिबाट भोगाधिकारको दावी उठाउने सोच राखेको देखिन्छ। त्यसैले भारत “ऐतिहासिक तथ्य र प्रमाण” बाट सिमाना कामय हुन नसक्ने बताइ रहेको छ। हामीले उठाउने तर्क त इतिहास नै हो। केही तथ्य हेरौं ।
१. सन १८१६ मा इस्ट ईन्डिया कम्पनीले कुमाउ र गढ्वाल लुटेको हो। त्यो युद्ध साम्राज्यवादी अतिक्रमण हो किनकी इस्ट ईन्डिया कम्पनी रास्ट्र होइन, यो ब्यापारीक निगम थियो। युद्ध रास्ट्रहरुका बिचमा हुन्छ। यो निगम सार्वभौम निकाय थिएन, यद्यपि पैसाको बलमा उस्ले नेपाली सैनिक र अधिकारीहरूलाई यी दुई क्षेत्र छोडन बध्य पार्यो। यहि भुमी भारतले छलछामद्वारा प्राप्त गर्यो।
२. कत्युरी राज्य अंशुवर्माको शासनपुर्व देखि मल्लपुरी अधिराज्य थियो। मानदेवले आफ्ना मामाको सहयोगले मल्लपुरीको बिद्रोह समाप्त गरि नेपालको पहिलो एकीकरण गरेका हुन। अत कम्तीमा १७०० बर्ष देखि यो भुमी नेपालको अभिन्न अंग हो। नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख पनि गढ्वालमै प्राप्त भएको कुरा प्राध्यापक मोहन प्रसाद खनालेले लेखेका छ्न।
३. पछी फेरि नेपाल फुट्यो र पृथ्वीनारायणको एकीकरणकै अभियानको शृंखलाका रुपमा यी कुमाउ र गढ्वा नेपालमा एकीकृत भए।
४. सन १८०१ मा इस्ट इन्डिया कम्पनी, नेपाल र अवधका बिचमा सिमा सन्धि भयो। यी दुई भुमी नेपालका हुन भन्ने इष्ट इन्डिया कम्पनीले मान्यो।
५. तर सन १८१६ मा इस्ट इन्डिया कम्पनीले आक्रमण गर्यो। सन १८१५ मा युद्ध बिराम सन्धी कुमाउको मलौनमा हुंदा, अमर सिंह लगाएतका १५० सैनिक काली नदि तरेर दार्चुला प्रवेस गरे। काली भन्दा पुर्व नेपाल भयो। इस्ट इन्डिया कम्पनीले भनेको यहि हो।
६. यो तथ्यले के पुष्टि गर्छ? काली भन्दा पुर्व भारत छैन। यो भुमी भारतको मौलिक भुमी होइन। बृटिसबाट अपुतालीमा पाएको हो। अत: उस्लाइ लुटेको भुमीको सिमाना भन्दा पुर्व आउने हक छैन। भारतको यो प्रवृती प्रभुत्वपुर्ण छ। उस्ले छिमेकीहरुको अस्तित्वलाई सम्मान गर्न जानेन।
७. चीन र भारतको संझौता सिमा सन्धी होइन, ब्यापार संझौता हो। त्रीदेशिय जंङ्सन बाट ब्यापार गर्ने अधिकार तिनै देशको छ, तर संझौता तीन देशको हुनुपर्छ। जंङ्सन भन्दा तलको जमिन नेपालको हो आदि कालदेखी। भारतको दावी त सन १८१६ पछिको मात्र हो, जो लुटेर प्राप्त गर्ने बृटिसको अपुतालीमा पाएको।
अत: नेपालले आफ्ना ऐतिहासिक प्रमाणहरुको ब्याखा गर्दै बृहद प्रतिवेदन तयार पार्नु पर्छ ।
प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार ०७:५१












