नुवाकोटका जमुना र सौगात पन्त दाङबाट हराए, खोजीमा सहयोग गरिदन परिवारको अपिल
१४ भदौ, काठमाडौँ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ६ लामपाटी घर भएका २९ वर्षीया जमुना पन्त (आमा) र १२ वर्षीय सौगात पन्त (छोरा) सम्पर्कबिहीन भएका छन ।
जमुनाका श्रीमान सुजन पन्तका अनुसार शुक्रबार बिहान दाङ जिल्ला घोराही नगरपालिका ४ गोली चोकबाट घर जान भनेर हिडेको पाइएको छ । तर ३० घण्टा बढी समय भैसक्दा पनि जमुना र सौगात सम्पर्कमा आएका छैनन् ।
श्रीमान सुजनका अनुसार दाङमै कोठा लिएर बसेको जमुना तिज मनाउनका लागि माइत गएकी थिइन । तीज सकिएपछि शुक्रबार बिहबार ६ देखि ७ बजेको बीचमा जमुना छोरासहित घरबाट निस्केकी थिइन । उनले साथमा मोबाइलहरू समेत नबोकी हिँडेको पाइएको छ ।

जमुना माइतमा बुबा शक्ति प्रसाद अधिकारी र गोमा अधिकारी र बिहिनीसँग बसेकी थिइन । सुजनले जमुना सम्पर्कबिहीन भएपछि नजिकैको प्रहरी चाैकीमा गएर निवेदन समेत दिएका छन । तर अहिलेसम्म जमुना र साैगातको अवस्था पहिचान हुनसकेको छैन । सुजनले कसैले देखे भेटेमा 985124734 मा वा प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरेका छन ।
प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार १५:५४












