२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

सिमरामा विद्यादेवी भण्डारीलाई ५१ किलोको मालासहित एमालेको स्वागत

१४ भदौ, बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि चीन उडेकै दिन बाराको सीमरा विमानस्थलमा एमालेका नेता कार्यकर्ताले नेता विद्यादेवी भण्डारीलाई ५१ किलोको मालाले स्वागत गरेका छन । वीरगञ्जमा आयोजना भएको एउटा कार्यक्रममा सहभागी हुन जानेक्रममा उहाँले सिमरा विमानस्थल प्रयोग गर्नुभएको हो ।  सीमरा हुँदै वीरगञ्ज् जानेक्रममा एमालेका सयौँ कार्यकर्ताले ५१ किलोको माला लगाएर भण्डारीको स्वागत गरेका हुन ।

dainiki.com

भण्डारीसँगै एमाले स्थायी कमटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य केदार न्यौपाने र अरबिन्द्र सिंह मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल प्रदेशका सचिवालय सदस्य जय प्रकाश थारु जितपुर सिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी,  जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह, बिरगंज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा लगायत विमानस्थलमै स्वागतका लागि पुग्नुभएको थियो ।

उहाँले वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको बृहत महिला सम्मेलन २०८२ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार १०:०३