२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

इलाममा दुई दिने सांस्कृतिक महोत्सव शुरु


१० चैत, इलाम । इलाममा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देस्यले रामनवमीका असवरमा  सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढाप पोखरीमा आजदेखि दुईदिने सांस्कृतिक महोत्सव शुरू भएको छ ।

जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ढाप पोखरीमा सांस्कृतिक महोत्सव आयोजना गरिएको चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष युवराज भट्टराईले जानकारी दिए ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको महोत्सवमा ५० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको पनि उनले बताए ।

रामनवमीमा ढाप पोखरी जाउँ, आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउ’ भन्ने नाराका साथ महोत्सवमा विभिन्न प्रजातिका वनस्पति, जडीबुटीहरू, स्थानीय हस्तकला र विभिन्न कृषिजन्य उत्पादनको प्रदर्शनी तथा अवलोकन प्रमुख आकर्षण रहने बताइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार १२:५७