२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

९ माघ, काठमाडौं । अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न  प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह  गरेका छन् । स्विटजरल्याण्डको डाभोसमा  विश्व आर्थिक मञ्चको ४९ औं बैठकलाई सम्बोधन गर्दै लगानीकर्तालाई नेपालमा लगानी गर्न ओलीले आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ‘स्ट्राटेजीक आउटलुक अन साउथ एसिया’ सत्रलाई सम्बोधन गर्दै नेपालको सामाजिक, आर्थिक, रुपान्तरणका लागि सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको बताए । उनले सरकारले वातावरण संरक्षण, दीगो विकास र जनतामा समर्पित भएर काम गरिरहेको उल्लेख गरे । मंगलबारबाट शुरु भएको विश्व आर्थिक मञ्चको बैठक शुक्रबारसम्म चल्नेछ ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार १०:३०