सुदर्शनदेव भट्ट विशेष अदालतको अध्यक्ष नियुक्त
१३ भदौ, काठमाडौं । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त हुनुभएकाे छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो ।
न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको थियो । त्यस्तै, उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई सदस्य तोकिएका छन् ।
विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा मन्त्रिपरिषद्ले तोक्ने कानुनी व्यवस्था छ।
प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १४:२१








