अण्डाको मूल्य बढ्यो, अब एउटा किन्दा २३ रुपैयाँ पर्ने
१३ भदाै, काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ । अबदेखि ठूलो अण्डाको मूल्य प्रतिगोटा २३ रुपैयाँ पर्नेछ । यसैगरी जोडी अण्डाको मूल्य ४५ रुपैयाँ पर्नेछ । एक बाक्साकाे होलसेल मूल्य ४ हजार रुपैयाँ तथा खुद्रा मूल्य ४ हजार १ सय ५० रुपैयाँ पर्ने बताइएको छ ।
ठूलो अण्डाको प्रतिक्यारोट मूल्य (३० वटा) ५ सय ४५ रुपैयाँ र मझौता अण्डाको ५ सय ३० रुपैयाँ पर्नेछ । नेपालमा अण्डाको दैनिक उत्पादन ४० लाखभन्दा बढी हुने गरेपनि अहिले २२ लाखको हाराहारीमा झरेको छ ।
प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार ११:३९








