सहुलियतपूर्ण कर्जा लिएका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन
१३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरिएको हो ।
संशोधित निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा लिने ऋणीहरूको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइट मार्फत त्रैमासिक रूपमा प्रकाशन गर्नुपर्नेछ । यसबाट सहुलियतपूर्ण कर्जा वितरणमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” बमोजिम हाल कायम रहेका ऋणी र “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२” बमोजिम सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइटमार्फत त्रैमासिक रूपमा सार्वजनिक गर्नु पर्नेछ’, संशोधित निर्देशनमा भनिएको छ ।
प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार ११:२९












