नेप्सेमा एक कम्पनीको सेयरमूल्य समायोजन
१३ भदौ, काठमाडौं । नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले घोषणा गरेको १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ११२४.१० रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १२५८.९९ रुपैयाँ कायम थियो । आइतबार दोस्रो बजारमा कम्पनीको सेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।
प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार ०९:२८














