२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नेपाल बैंक र कोटबारी होटेलबिच ग्राहकहरूलाई १५ प्रतिशतसम्म छुट दिने सम्झौता

१२ भदाै, काठमाडौँ । नेपाल बैंक र कोटबारी होटलबिच सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवार तथा बैंकमा खाता रहेका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पछि नुवाकोट जिल्लाको दुप्चेश्वर ७ स्थित रहेको रिसोर्ट कोटबारी होटेलले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए ।

सम्झौता पछि नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवार सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई कोटबारी होटेलले बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरेको उनले बताए ।

सम्झौता पत्रमा भदाै ११ गते बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र कोटबारी होटेलको तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले  हस्ताक्षर गरेका छन ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १७:००