५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नुवाकोटमा जुवा खेल्दै गरेका ६ महिलासहित २२ जना पक्राउ, करिब ११ लाख बरामद

१२ भदौ, काठमाडौं । प्रहरीले नुवाकोटको होटलमा जुवा खेलेको भन्दै २२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना महिलाहरु समेत छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीका अनुसार, शिवपुरी गाउँपालिका–६, गुर्जेस्थित बार्दली इन होटलमा कौडा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले घटनास्थलबाट कौडा ३१ थान र नगद १० लाख ७१ हजार ६ सय रुपैयाँ बरामद गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट उनीहरूलाई ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १४:२९