नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप, महामन्त्री काफ्लेसहित ३ जना घाइते
८ माघ, काठमाडौं । डा गोविन्द केसीसँग गरिएको सहमति विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको भन्दै वानेश्वरमा गरिएको प्रदर्शनमा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेसहित ३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा नेविसंघ ३ नम्बर प्रदेश समितिको उपाध्यक्ष रामप्रसाद अधिकारी र मनिष सिंखडा घाइते भएको नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताएका छन् । घाइतेहरुको नयाँ वानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भैरहेको छ । नेविसंघले दमनको विरोधमा बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने तयारी गरेको समेत उनले बताए ।
प्रकाशित मिति : ८ माघ २०७५, मंगलवार १८:४२












