जुवातास खेलेको आरोपमा स्वयम्भूबाट धादिङकी सुन्तलीसहित ७ जना पक्राउ
१२ भदौ, काठमाडौं । जुवातास खेलेको आरोपमा स्वयम्भूबाट सात जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने धादिङ घर भएकी ५५ वर्षीया सुन्तली तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले नगद २६ हजार ७ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १२:५७












