२८ पुष २०८२, सोमबार | Mon Jan 12 2026

जडीबुटी कम्पनीको महाप्रबन्धकका लागि दरखास्त आह्वान

१२ भदाै, काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धकका लागि दरखास्त आह्वान भएको छ । महाप्रवधन्धक नियुक्तिका लागि गठित छनोट समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अबको १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । दरखास्त फाराम वन तथा वातावरण मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ । महाप्रबन्धकको कार्यकाल ४ वर्षको रहनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १२:१९