१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ भदाै, काठमाडाैं । एनएमबी म्युचुअल फण्ड र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी म्युचुअल फण्डको लाभांश वितरण प्रयोजनका लागि सम्बन्धित क्यापिटलहरुले भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्दैछन् । यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने इकाईधनीहरुले मात्रै लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ११:४२