२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

आईसीएफसी फाइनान्सले ऋणपत्र निष्कासन गर्न पायो अनुमति

१२ भदाै, काठमाडाैं । आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्न अनुमति पाएकाे छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासन गर्न भदौ ९ गते अनुमति पाएकाे हो ।

राष्ट्र बैंकले कम्पनीलाई ५० करोड रुपैयाँबराबरको रु. १ हजार अंकित दरका ५ लाख कित्ता भएको ‘आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ जारी गर्न अनुमति दिएको हो ।  यो ऋणपत्रको ब्याजदर ८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ११:२७