२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

सुनको मूल्य तोलाको २ लाख नजिक, कतिमा हुँदैछ कारोबार ?

१२ भदौ, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। याे मूल्य हालसम्मकै उच्च हो। यस अघि गत साउन २३ गते पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। बुधबार तोलाको २ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

प्रकाशित मिति : August 28, 2025 at 11:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/