२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

यसरी हेर्नुहोस् स्वस्तिक लघुवित्तको आईपीओको नतिजा

१२ भदौ, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।

कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० जना आवेदकले २ करोड ७४ लाख ६४ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ३०० जनाको आवेदन रद्द भएको छ। भने २४ लाख ३६ हजार ३९३ आवेदन सदर भएको छ ।

कुल सदर आवेदकमध्ये १९ हजार ५१९ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी ५ कित्ता सेयर ५ जनालाई १/१ कित्ताका दरले बाँडफाँड गरिएको छ । आईपीओको नतिजा केही समयपछि हेर्न सकिनेछ । कम्पनीकाे आईपीओको नतिजा मेरो शेयरको वेबसाइटhttps://iporesult.cdsc.com.np/बिक्री प्रबन्धकको वेबसाइट https://result.nabilinvest.com.np/search/ipo-shareर मेरो शेयर एपः– https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १०:२५