२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

लघुवित्तमा २५ प्रतिशतभन्दा बढी सेयर रहेका संस्थापकले लाभांश नपाउने

१२ भदाै, काठमाडाैं । लघुवित्त वित्तीय संस्थामा चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी सेयर रहेका संस्थापक सेयरधनीले लाभांश नपाउने भएका छन् । लाभांश प्राप्त गर्न उनीहरूले आफ्नो संस्थापक सेयरको हिस्सा घटाएर कम्तीमा २५ प्रतिशतसम्म कायम गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०८२’ जारी गर्दै यो व्यवस्था लागू गरेको हो।

२०७७ को कार्यविधि प्रतिस्थापन गर्दै राष्ट्र बैंकले नयाँ कार्यविधि जारी गरेको हो । नयाँ कार्यविधि अनुसार कुनै लघुवित्तमा तोकिएको सीमा पुर्‍याएका संस्थापकले अन्य लघुवित्तहरूमा समेत १० प्रतिशतभन्दा बढी लगानी गरेमा पनि लाभांश पाउने छैनन्। बैंकमा लगानी गर्दा एक संस्थापकले एउटै बैंकमा बढीमा चुक्ता पुँजीको १५ प्रतिशत र अन्य वित्तीय संस्थामा १ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था कायम छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १०:०६