१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै बाजेको सेकुवा

१२ भदौ, काठमाडौं। बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न असोज २ गते काठमाडौंको बत्तिसपुतलीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा १६ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा दिउँसो ३ बजेदेखि सुरू हुनेछ ।

सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, कम्पनीले सञ्चालन तथा विकास गर्ने परियोजनाहरुको लागि बैंक तथा अन्य वित्तीय संस्थाहरुबाट लिने आवश्यक कर्जा तोकिएको सीमाभन्दा बढी भएमा त्यस्तो कर्जा सापटी लिने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, अन्य कम्पनीसँग मर्जर गर्ने र यसका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ०९:२६