१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

नुवाकोटका २२ भूकम्प पिडित परीवारले एकैसाथ एकीकृत बस्तीको निर्माण थाले


१० चैत, नुवाकोट ।  भूकम्प र पहिरोले घर भत्किएपछि विस्थापित तादी–१ उर्लेनी काल्चेका २२ घर परीवारले सुरक्षित स्थानमा एकैपटक एकीकृत बस्तीको निर्माण  गर्न थालेका छन् ।

 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको रु दुई लाख लगानीमा तादी–३ खरानीटार बुदुनेमा घडेरी खरिद गरेका प्रभावितले बस्तीको जग बसालेका छन् ।

विसं २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका सुक्खा पहिराबाट विस्थापित जीवन बिताउँदै आएकाहरुलाई पुनःस्थापना गराउन अक्सफामसँगको साझेदारीमा सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल (कार्डसन)ले आवास निर्माणमा प्राविधिक एवं आर्थिक सहयोग पु¥याउँदै आएको एकीकृत बस्ती विकास तथा विस्तार समिति’का अध्यक्ष नरबहादुर तामाङले बताए ।

कार्डसनको सहयोगमा आवास निर्माणसम्बन्धी तालीम लिएका प्रभावित महिला र पुरुष सँगसँगै आवास निर्माण गर्न र आफ्नो घर आफैँ बनाउन थालेकाले एक महिनामा पूरा गर्ने लक्ष्य रहेको विस्थापित जीवन बिताउँदै आएका ६५ वर्षीय शेरबहादुर तामाङले बताए ।

काल्चेबाट विस्थापित ७३ परिवारमध्ये २९ परिवार बुदुनेमा नै घडेरी खरिद गरी घर बनाउने तयारीमा छन् भने २२ परिवारले सुरक्षित स्थानमा घडेरी नपाउँदा पुनःस्थापना अन्योल छ । नुवाकोटका विभिन्न स्थानबाट ३२४ परिवार पहिराको जोखिमले विस्थापित भए पनि अन्य स्थानका प्रभावितले पनि आवास बनाउन बाँकी नै छ ।

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार १२:२२