एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
११ भदाै, काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार काठमाडौं जिल्ला अदालतले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ । महरविरुद्ध चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो ।
प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १६:१९












