नेप्से २८०० विन्दुभन्दा माथि, कारोबार रकम पनि बढ्यो
११ भदौ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५६.०१ अंकले बढेर २८९१.१० को बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।
२३२ कम्पनीको मूल्य बढ्दा १९ को घट्यो । सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरे ३.४० प्रतिशत बढ्यो । बैंकिङ १.३८, फाइनान्स १.९८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर १.८५, लगानी २.१९, जीवन बीमा २.२१, उत्पादन तथा प्रशोधन २.६९, माइक्रोफाइनान्स १.०९, निर्जीवन बीमा १.६८, अन्य २.१४, व्यापार २.६८ प्रतिशत बढे ।
यस दिन विकास हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.७९ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।
प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १५:२८














