नेप्सेमा १७ लाख ६० हजार कित्ता बोनस सेयर सूचिकृत
११ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनस बापतको १७ लाख ६० हजार ८१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १५:१५












