१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

११ भदौ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५६.६९ अंकले बढेर २८२२.७८ को बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ५० करोड ५२ लाख रुपैयाँ, ग्रीन भेन्चर्सको ४६ करोड ५३ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ४३ करोड ४० लाख रुपैयाँ र नेपाल रिपब्लिक मिडियाको २१ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १५:१२