२८ पुष २०८२, सोमबार | Tue Jan 13 2026

रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट कैफियत प्रतिवेदन माग

११ भदौ, काठमाडौं । उच्च अदालत तुसलीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । बुधबार न्यायाधीश सागर विष्टको इजलासले सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गरेको हो।

रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दायर गरेका थिए । यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।

त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । अब कैफियत प्रतिवेदन आएपछि मुद्दाको अर्को सुनुवाइ हुने भएको छ । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा लामिछाने चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १४:४३