२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

आइतवार एडिलेडमा गौरा पर्व मनाईदै, कसरी मनाईन्छ यो पर्व ?

एडिलेड  |  सुदुर पश्चिम प्रदेशको महत्वपुर्ण पर्व गौरा पर्व पहिलो पटक एडिलेडमा अगष्ट ३१ आइतवार मनाइने भएको छ। कोल्भेली पार्क स्थित कोसग्रोभ हलमा दिनको ४ बजेबाट कार्यक्रम शुरु हुने भएको छ ।

भगवान शिव र पार्वतीको पुजा आरधना गरेर भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि विश्वास गरिन्छ । भने भगवान प्रसन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । व्रतालु एवं  भक्तजनले पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादको रुपमा ग्रहण गरेर यो पर्व मनाउने गरिन्छ ।

यस पर्वको देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाड्ने गरिन्छ ।

एडिलेडमा गत बर्षबाट यस बर्ष सार्वजनिक रुपमा मनाउन थालिएको हो ।

सुदुर पश्चिम समाज साउथ अष्ट्रेलिया अध्यक्ष रमेश जोशीले बहुजाति बहुभाषी नेपालको संस्कृतिको महत्वपुर्ण पर्व गौरा पर्व प्रवासमा पनि संरक्षण र संम्वर्धन गर्न कार्यक्रम आयोजना गरिएको बताए । संयोजक जोशीले एडिलेडबासी नेपाली समुदायलाई आफ्ना बालबालिकाहरु सहित कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १३:०२