राजनलाई दीपकको काउन्टरः स्वार्थले विश्वास टुटेपछि सबै कुरा बदलिन्छ
१० भदौ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकको एजेन्डामै नभएको कुरा बैठकको समानको मन्तव्यमा निकालेर पार्टीको पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यतामा ‘कु’ गरेको घोषणा गरेपछि वडातहसम्म पार्टीका नेता कार्यकर्ता विभाजित भएका छन ।
सोमबार प्रधानमन्त्री समेत रहेका ओलीले निजी निवास बालकोटमा केही महिना अघि पत्रकार ऋषि धमलासँग गरेको कुराकानी पुनः सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ओलीको रक्षाका लागि विभिन्न सन्देश मार्फत उनी निकटका नेताहरू भावुक बनिरहेका छन । उनीहरूले ओलीले त्यतिबेला विद्या भण्डारीका बारेमा बोलेका कुरा अहिले विश्वास तोडिएका कारण सदस्यता कु गरेको आशय व्यक्त गरिरहेका छन ।
यही मेसोमा महासचिव शंकर पोखरेलका मुख्य सहयोगी मध्येका एक स्थायी कमिटीको सदस्य डा राजन भट्टराईले पनि विश्वासको विषय उप्काउँदै ओलीको उक्त भाषणको रक्षा गर्ने कोशिश गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘हामी सबैको सामाजिक र राजनीतिक जीवन एक आपसको विश्वासमा अडेको हुन्छ । जब विश्वास टुट्छ नी सबै कुरा बदलिन्छ।’

उहाँले भावुकता पोखेको केही मिनेटमा एमालेको काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले भट्टराई माथि कान्टर अट्याक गर्नुभएको छ । निरौलाले स्वार्थका कारण विश्वास टुट्ने र सकै कुरा बदलिने भन्दै भट्टराईलाई जवाफ दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘हामी सबैको सामाजिक र राजनीतिक जीवन एक आपसको विश्वास, सत्य र तथ्यमा अडेको हुन्छ । स्बर्थले विश्वास टुट्छ र सबै कुरा बदलिन्छ।’
निरौला तीनै नेता हुनुहुन्छ जसले केही महिना अघिमात्र काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा भएको पार्टीको एक विशाल कार्यकर्ता भेलामा बागमती प्रदेशको पार्टीको इन्चार्ज समेत रहनुभएको भट्टराईलाई टेक्न पनि दिनुभएन । भट्टराईले नै निर्वाचन लड्दै आएको क्षेत्रमा भएको कार्यक्रममा सहभागी हुन नपाएपछि भट्टराईले त्यसदिन दिउँसभर पार्टी मुख्यालयको क्यान्टिनमा समय बिताउनुभएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार २१:२९








