नुवाकोटको ककनीमा मोटरसाइकल चिप्लिँदा किरण राईको मृत्यु
१० भदाै, नुवाकोट । नुवाकोटको ककनीमा मोटरसाइकल हिलोमा चिप्लिँदा इलामका किरण राईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी विक्रम लामाका अनुसार दुर्घटनामा घाइते भएका राईको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मत्यु भएको हो ।
मंगलबार बिहान १२ बजेर ४० मिनेट जाँदा ककनी गाउँपालिका वडा नम्बर २ को काउलेमा मोटरसाइकल भीरबाट खसेको थियो । बा.प्र.०२-०५५ प ५१४४ नम्बरको मोटरसाइकल चढेरर राई काठमाण्डौबाट रानिपौवातर्फ जाँदैगर्दा हिलोमा चिप्लिएर दुर्घटना भएको थियो ।

सडकबाट अन्दाजी १० मिटर तल खसेका राईलाई तत्कालै उद्धार गरेर उपचारका लागि काठमाडाैँ पठाइएकोमा दिउँसो १ बजेर ४५ मिनेटको समयमा राईको मृत्यु भएको थियो ।
ईलाम जिल्लाको माईजोगमाई गाउँपालिकाको वडा नम्बर ५ मा स्थायी घर भएका अन्दाजी ४० वर्षीय राईको टाउकोमा गम्भीर चोट लागेको थियो । सडक मर्मतका नाममा भत्काएर छाँडिदाँ यस राजमार्ग भएर यात्रा गर्न निकै कठिन भएको छ ।
प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार १७:५२









