अर्थ मन्त्रालयको समन्वयमा निजगढ नगरपालिकाका लागि थप एक सवारी हस्तान्तरण
१० भदाै, बारा । संघीय सरकारको अर्थमन्त्रालयले निजगढ नगरपालिका कार्यालयलाई एउटा चारपाङ्गे सवारी उपलब्ध गराएको छ । मन्त्रालयले कर तथा राजश्व छुट हुने गरी नगरपालिका कार्यालयलाई महेन्द्रा कम्पनीको स्कार्पियो उपलब्ध गराइएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलको निर्णय अनुसार सवारीको साँचो मन्त्रालयका प्रशासन शाखाका अधिकृत कृष्णराज खतिवडाले नेकपा एमालेका नेता एवं बारा १ का प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीको रोहबारमा निजगढ नगरपालिकाका सवारी चालक रुद्रबहादुर चौलागाईलाई आइतवार हस्तान्तरण गर्नुभयो ।

मैनालीको पहलमा सवारी उपलब्ध गराइएको उहाँको स्वकीय सचिव दामोदर मैनाली जानकारी दिनुभयो । उहाँले युएसएडको स्वामित्वमा रहेको सो सवारी निजगढ नगरपालिकालाई सहयोग गर्न अर्थ मन्त्रालयले महत्वपूर्ण समन्वय र निर्णय लिएको बताउनुभयो ।
प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार १६:३०









