क्रिष्चियन धर्मको प्रचार गर्ने अमेरिकी नागरिक डेनियल एस कोर्नी पक्राउ
१० भदौ, काठमाडौँ । क्रिष्चियन धर्मको प्रचार गर्ने अमेरिकी नागरिक डेनियल एस कोर्नी पक्राउ परेका छन । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले कोर्नीलाई मंगलबार पक्राउ गरेको हो । गृहमन्त्री रमेश लेखकको सचिवालयले कोर्नी पक्राउ परेको पुष्टि गरेको छ । सम्भवतः उनी अमेरिका फर्काइनेछन । यसबारेमा भने मन्त्रीको सचिवालयले केही बोलेको छैन ।

उनी बिजनेश भिसामा नेपाल आएर धर्म प्रचारमा लागिरहेका थिए । नेपालको संविधानले धर्म परिवर्तनमा रोक लगाएको छ । यद्यपी क्रिष्चियन धर्मको नाममा अनेक प्रलोभन देखाएर धर्म परिवर्तन गराउने कामहरू भैरहेको छ । अध्यागमन विभागको नेतृत्वमा रामचन्द्र तिवारी पुगेपछि धर्मपरिवर्तन गराउन सक्रिय विदेशीहरू निशानामा परेका छन ।
प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार १६:१९












