नोट अफ डिसेन्ट
–प्रकाशचन्द्र खतिवडा
गोली छाद्ने बन्दुक
शान्त मुद्रामा उपस्थित
आश्चर्य
सन्दर्भ नेपाल
वाग्ले महरा वार्ता प्रसङग
नो कमेण्ट दक्षप्रजापति ।
मुलुक निषेचित
भ्रुण हत्या
अखवारी खबर
अभियुक्त फरार
नाकाबन्द
वारेण्टेड ।
विश्वव्यापी रंगमञ्चित पर्दा
पेण्ट्रागन, डब्ल्यू टी.सी.ध्वस्त
वार्निङ शो
महाशम बुशको धम्कि
ओपन शो
लादेन फरार ।
उडन तस्तरीको साम्राज्य
अशुभ संकेत
काउण्टर बन्द
घोषित जिहाद
अल्लाह
आमेन
दर्जनौ हाता हात
निहत्था÷निरीह
यू.एन.ओ.
साइलेण्ट प्लिज ।
न्युयोर्क, वाशिङटन
जललाबाद,कान्दहार
मजारे सरिफ
घात, प्रतिघात
एक्स्क्यूज भी
कण्डोलेन्श ।
बुश, ब्लेयर, पुटीन
हुसेन, मुसर्रफ, लादेन
नायक, खलनायक
पुनः कुरुक्षेत्र
अश्वत्थामा हतो हतः ।
अधोषित गोलमेच
रौरव नृत्य प्रहसन
भूगोल–मानव वधशाला
आहात, मर्माहत
सैवेग, उद्धेग
समय पीडामा फत्किरहेको बेला
जिजीविषा अचानक झस्किरहेको बेला
नियमापत्ति गर्ने पर्छ
नोट अफ डिसेन्ट ।
सुन्दरहरैंचा–०६, दुलारी, मोरङ
९८४२०७३५२५
[email protected]
प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार १०:०७












