२८ पुष २०८२, सोमबार | Mon Jan 12 2026

सिडेन बागमतीको अध्यक्षमा नुवाकोटका पुरुषोत्तम शर्मा प्यानलसहित प्रतिस्पर्धा गर्दै

९ भदौ, काठमाडौँ । नवाकोट विदुरका पुरुषोत्तम शर्मा (लामिछाने) ले नेपाली कांग्रेस निकट रहेका इन्जिनियरहरुको साझा संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियस नेपाल (सिडेन) बागतमी प्रदेशको सभापतिमा उम्मेदवारी दिनुभएको छ ।

सिडेनको ८ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनसँगै नेतृत्व चयन हुने बागमती प्रदेश समितिको सभापतिमा शर्माले उम्मेदवारी दिनुभएको हो । शर्माले धनेन्द्र केसीको केन्द्रीय नेतृत्वमा रहेको प्यानलबाट बागमती प्रदेश सभापती पदमा उम्मेद्वारी दिनुभएको हो ।

dainiki.com

शर्मा नेतृत्वको प्यानलबाट सुनिल श्रेष्ठले उपाध्यक्ष,प्रविन काफ्लेले महासचिव,कुशल खड्काले सचिव र कोषाध्यक्षमा खेम शाहीले उम्मेदवारी दिनुभएको छ । सदस्यहरुमा सुव्रान्त उप्रेती, दिपिका अधिकारी, समिक्षा ढकाल, रोजिना ग्यामरु, टिकाराम श्रेष्ठ, पुरुषोत्तम पाण्डे, विनोद पाण्डे र समी सुवेदीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै सभापतिमा उम्मेदवारी दिनुभएको शर्माले आफूले बागमती प्रदेशका समग्र इन्जिनियर र आर्किटेक्टहरुको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । धनेन्द्र केसी नेतृत्वमा रहेको टिमले उम्मेदवारी घोषणा गरिसेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार २२:०६