नेप्सेमा एक बैंकको सेयरमूल्य समायोजन
९ भदौ, काठमाडौं। स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले बैंकले जारी गर्न लागेको हकप्रदका लागि सेयरमूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ७१८.३३ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता १३३६.५५ रुपैयाँ कायम थियो ।
बैंकले शतप्रतिशत हकप्रद निष्कासन प्रयोजनका लागि भदौ ९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसको अर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै बैंकले जारी गर्ने हकप्रदमा आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार ०९:५४














